आहा! रारा पोखरा गोल्डकपमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन'

पाेखरा | फागुन ३, २०८१

आहा! रारा पोखरा गोल्डकपमा उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' PHOTO: SUDARSHAN RANJIT

पोखरा:  २४ औं आहा! रारा पोखरा गोल्डकपकमा  उज्बेकिस्तानको 'ब्ल्याक बुल्स च्याम्पियन' बनेको छ ।

 

पोखरा रङ्गशालामा आज भएको फाइनल खेलमा ब्ल्याक बुल्सले नेपाल पुलिस क्लबलाई ३–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

 

च्याम्पियन बनेको बुल्सको जीतमा कुभोनचबेक ओलिनोभले ४०औं, असिलबेक ओरिफजोनोभले ५८ औं तथा साभकातजोन सात्तोरोधले ६६ औं मिनेटमा गोल गरे ।

 

पुलिसका लागि भने शिशिर चौधरीले ७४ औं मिनेटमा सान्त्वना गोल फर्काए ।

 

पहिलो सहभागितामै ऐतिहासिक उपाधि जित्दै ब्ल्याक बुल्सले नगद रु १२ लाख १ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।

 

यस्तै उपविजेता बनेको पुलिस क्लबले  नगद रु ६ लाख १ हजार  हात पार्याे । 

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्